बारामा जन्ती बोकेको बस दुर्घटना, घाइते १६ मध्ये ५ को अवस्था गम्भीर

 रौतहट जेठ १० 

रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा  दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ । 
आज विहान सवा १० बजे ना४ ख ४७४९ नम्बरको बस दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।


घाइतेहरूलाई उपचारका लागि तत्कालै एम्बुलेन्सबाट जिल्ला अस्पताल कलैया तथा नेस्नल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।


 बस तिव्र गतिको भएका कारण दुर्घटनामा परेको यात्रु तथा जन्ती नासिर मियाले बताए । बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेका छन् । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प