वीरगंजको अस्पतालमा डुलाउँदा डुलाउँदै मिर्गौला पीडित युवतीको मृत्यु

वीरगंज, ११ जेठ । 
रौतहटको गुजरा नगरपालिका कनकपुर–४ बस्ने १७ वर्षीया सविना विकले वीरगंजका चारवटा अस्पतालमा उपचार नपाएपछि ज्यान गुमाउनुपरेको छ । 
गएराति मिर्गौलामा समस्या भएपछि रौतहटबाट वीरगंज उपचारको लागि आए पनि वीरगंजका चारवटा अस्पतालले उनलाई भर्ना गरेको थिएन । अस्पताल डुलाउँदा–डुलाउँदै उनको गएराति एम्बुलेन्समै मृत्यु भएको कोभिड एक्सन टिम क्याटका सदस्य अमित अग्रवालले जानकारी गराए । 
एकवर्षदेखि मृगौला पीडित सविनालाई चन्द्रपुर नगरपालिकाको जनता अस्पतालले वीरगंज हेल्थकेयर अस्पतालमा रेफर गरेको आमा कुमारी विकले बताइन । वीरगंज हेल्थकेयरमा साँझ पाँचबजे आइपुगेकी सविनालाई सो अस्पतालमा भर्ना गरिएन । त्यसपछि परिवारजनले उनलाई भवानी अस्पताल लगे तर त्यहाँ पनि उनको भर्ना भएन । 
निजी अस्पतालमा भर्ना नगरेपछि नारायणी अस्पतालमा लगिएयो तर त्यहाँ पनि भर्ना नगरेपछि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमा सबिनाको मृत्यु भएको परिवारजनले बताएका छन् । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प