खुलेआम भारतबाट नेपाल सामानको तस्करी
वीरगंज, ११ जेठ ।
बारा र पर्साको विभिन्न चोर नाकाबाट अहिले पनि खुलेआम तस्करी भइरहेको छ ।
वीरगंज महानगर–१६ इनर्वा र बारा जिल्लाको बलिरामपुर, विश्रामपुरबाट खुलेआम तस्करी भइरहेको देख्न सकिन्छ ।
पोके तस्करहरुले टाउकोमा सामान बोकेर, साइकल, टेम्पोमा सामान राखेर प्रहरीलाई रिझाएर तस्करी गरिरहेका छन् । सो क्षेत्रमा तैनाथ सशस्त्र र जनपद प्रहरी मूकदर्शक बन्ने गरेका छन् ।
खुला सीमाको फाइदा उठाउँदै संस्थागत तस्करी गर्नेहरुले सुरक्ष्Fाकर्मीलाई प्रभावमा पारी भारतबाट सामान भित्रयाइरहेका छन् ।
निषेधाज्ञा र सीमा सिल भएको अवस्थामा पनि तस्करी भने नरोकिएपछि स्थानीयवासीहरु कोरोना संक्रमण फैलिने डरले चिन्तित भएका छन् ।
यस्तै गरीबहरु दैनिक जीवनयापन गर्न तस्करीको काम गर्नुपरेको एकजना पोके तस्करले गुनासो गरेका छन् ।


Comments
Post a Comment