नेविसंघ सर्लाहीले गर्यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

१० जेष्ठ २०७८, सोमबार सर्लाही । नेपाल विद्यार्थी संघ सर्लाहीले राष्ट्रपति विद्यादेवी भण्डारीर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक,अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कदम चालेको भन्दै सोमवार (आज) बिहान सर्लाहीको लालबन्दीस्थित पूर्व पश्चिम राजमार्गमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्दै केहीवेर राजमार्गमा नारावाजी गर्दै समेत गरेका थिए । नेविसंघ सर्लाहीका नेताहरु युबराज देवकोटा, मनोज बख्रेल, कृष्ण कार्कीको नेतृत्वमा पुत्ला दहन गरिएको जनज्योति वहुमुखी क्याम्पसका कार्यवहाक सभापति अभिमन्यु चौधरीले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति प्रशान्त आचार्य, वीपी कोइराला युवा नेतृत्व विकास मञ्च सर्लाहीका संस्थापक अध्यक्ष मनोज बख्रेल, जीपी फाउन्डेसन लालबन्दी अध्यक्ष कल्याण पुरी, काठमाडाैँ रही विध्यार्थी राजनीति गर्दै आएका राजेश काफ्ले, प्रवेश ढुंगाना, शशि कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

पुत्ला दहन पछि आफ्नो मन्तव्य राख्दै विद्यार्थी नेता देवकोटाले ओली तानाशाह बन्दै गएका र मपाइत्वमा मैमत्त भएको भन्दै सवै लोकतान्त्रिक शक्तिहरुलाई प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गर्न आग्रह गरे । नेता मनोज बख्रेलले वीपीले परिकल्पना गरेको समाजवादी समाज र प्रजातान्तिक मुल्य मान्यताको विरुद्दमा प्रधानमन्त्री र राष्ट्रपतिले हिटलर प्रवृत्तिमा शासन गर्न खोजेको भन्दै आक्रोश पोखे ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प