चर्को शुल्क लिने अस्पताललाई कानूनको दायरामा उभ्याउने मेयर सरावगीको चेतावनी

वीरगंज, १२ जेठ । 
वीरगंजमा कोरोना संक्रमितहरुको उपचारमा निजी अस्पतालले चर्को शुल्क असुल गरेपछि सामाजिक सञ्जालमा अस्पतालहरुको विरोध शुरु भएको छ ।  गरीब, विपन्नहरुसंग चर्को शुल्क असुल्ने वीरगंजका केही अस्पताललाई कारबाई गर्न नसकेको भन्दै वीरगंजवासीले फेसबूकबाट विरोध गरेका छन् । अस्पतालले लिएको शुल्कको बिलको फोटोहरु पोस्ट गर्दै संक्रमितका आफन्तजनले यसबारे कडा कारबाई गर्नुपर्ने वीरगंज महानगरका नगरप्रमुख विजय सरावगीसंग माग गरेका छन् । 
वीरगंज महानगरका नगरप्रमुख विजय सरावगीले विज्ञप्ति जारी गर्दै चर्काे शुल्क लिई बिरामीको उपचार गर्ने वीरगंजका निजी अस्पतालहरूलाई कारबाई गर्ने चेतावनी दिएका छन् । 
कोरोना महामारीको दोस्रो चरणमा वीरगंजका केही अस्पतालहरूले चर्काे शुल्क लिएर कोभिड र अन्य बिरामीहरूको उपचार गरेको कुरा बाहिर आएपछि महानगरको ध्यानार्षण भएको बताउँदै वीरगंजका मेयर विजय सरावगीले त्यस्ता अस्पतालहरूलाई कारबाई गर्ने चेतावनी दिएका हुन् । उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र पर्साले पर्सामा अस्पतालहरूको शुल्कबारे अनुगमन गरिरहेको र दोषी भेटिएका अस्पताललाई कानुनको दायरामा ल्याइने बताए ।
निजी अस्पतालहरूले अक्सिजन, पीपीई, भेन्टिलेटर, औषधिलगायतको नाममा चर्काे शुल्क उठाएको बताइएको छ। एउटा संक्रमितलाई १० दिन राखेकोमा ३ लाख सम्म खर्च असुलिएको बताइएको छ।
निजी अस्पतालले लुट मच्चायो 
स्पर्श मल्टि स्पेशलिटी हस्पिटलले गरिब रोगीहरूसंग चर्को रकम असुल गरेको समाचार छ । 
चन्द्रनिगाहपुरकी ६५ वर्षीय लालमोहनी देवि २ दिन भर्ना भएपनि सो हस्पिटलले एक दिनको आइसु रूमको १५ हजार रुपियाँँ लिएको छ भने बारम्वार डाक्टर भिजिटको नाममा हजारौं रुपियाँँ कुम्ल्याएको छ ।
अस्पतालले फिजिओथेरापि गराएको १ हजार, आइसोलेशनमा विरामी हेरेको २४ हजार, रूम भिजिट गरेको १४ हजार, टेलिफोनमार्पmत परामर्श गरेको २१ हजार, लगायत शिर्षकमा झण्डै २ लाख ९४ हजारको बिल बनाएर केहि प्रतिशत छुट गरेको देखिएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प