वीरगंजमा ८२ मा संक्रमण पुष्टि
वीरगंज, ६ जेठ ।
बुधबार २८८ जनाको स्वाबको पिसिआर परिक्षण गरिएकोमा मात्र ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताएका छन् ।
सङ्क्रमितमध्ये पर्साका ४३ जना, बाराका २२ जना, ७÷७ जना रौतहट र सर्लाही र १÷१ जना धनुषा, महोत्तरी र सप्तरीका बासिन्दा पनि छन् ।
सङ्क्रमितहरुको उमेर समूह १७ वर्षदेख ७० वर्ष रहेको छ भने उनीहरुको सिटि भ्यालु १४ देखि ३५.४ सम्म रहेको छ ।


Comments
Post a Comment