महानगर प्रमुख सरावगीद्वारा धान रोपाईँ उदघाटन


वीरगन्ज, १५ असार । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार धान दिवसको अवसरमा धान रोपाईँको उदघाटन गर्नुका साथै विद्यालय भवनको पनि उदघाटन गर्नुभएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ म महानगरको कृषि शाखाले आयोजना गरेको धान दिवसको अवसरमा पुगेर धान रोप्नुका साथै वडा २७ भवानीपुरमा निर्माण भएको विद्यालय भवको उदघाटन गर्नु भएको छ । महानगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण गरिएको चार कोठे भवनको मंगलबार महानगर प्रमुख सरावगीले उदघाटन गर्नुभएको हो । २÷२ कोठे भवनको १५÷१५ लाख गरी ३० लाख रुपैयाँको लागतमा निर्मित ४ कोठ भवनको नगरप्रमुख सरावगीले उदघाटन गर्नुभएको हो । विद्यालयको पर्खाल निर्माणका लागि ९ लाख, शौचालय निर्माणका लागि ७ लाख र खेल मैदानमा माटो पुर्नका लागि २ लाख रुपैयाँ महानगरपालिकाबाट उपलब्ध गराइएको नगरप्रमुख सरावगीले बताउनुभयो । त्यसैगरी आगामी वर्ष नेपाल सरकारको बजेटबाट १२ कोठे भवन निर्माणका लागि पनि पहल गर्ने नगरप्रमुख सरावगीले बताउनुभयो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प