शुल्क, पाठ्यक्रम र पोशाक परिवर्तन नगर्न महानगरपालिकाको निर्देशन

वीरगन्ज, ६ असार । वीरगन्ज महानगरपालिकाले नयाँ शैक्षिक सत्रमा विद्यालयको शुल्क, पोशाक र पाठ्यक्रममा कुनै परिवर्तन नगर्न निर्देशन गरेको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाले सूचना सार्वजनिक गर्दै महानगरपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले शुल्क, पाठ्यक्रम र पोशाकलाई यथावत कायम गर्न निर्देशन दिएको हो । कोरोना भाईरस (कोभिड–१९)को विषम परिस्थितिको मध्यनजर गर्दै विद्यालयको शुल्क, पोशाक र पाठ्यक्रम र सन्दर्भ पुस्तकहरु यथावत कायम गरी कुनै परिवर्तन नगर्न अनुरोध गरेको छ । साथै नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रबाट निर्देशन भए बमोजिमकै पाठ्यपुस्तक लागू गर्न तथा सन्दर्भ पुस्तकको सन्दर्भमा शैक्षिक सत्र २०७७ मा लागू भएकै पाठ्यपुस्तक बाहेक कुनैपनि फेरबदल नगर्न पनि अनुरोध गरेको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प