पर्साको वीरगञ्ज तथा सखुवा प्रसौनी गाउँपालिकामा रोपाई महोत्सव सम्पन्न


वीरगञ्ज । १८औँ राष्ट्रिय धान दिवस आज पर्साको वीरगञ्ज तथा सखुवा प्रसौनी गाउँपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

वीरगञ्ज महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोनियामा रोपाई जात्राका साथ धान दिवस मनाइएको हो ।

 
'धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि' भन्ने नाराका साथ आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले रोपारलाई खेतमा रोप्ने बिउ दिँदै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताउनुभयो ।

 
उहाँले कृषकका समस्याहरूको समाधानतर्फ महानगर गम्भीर भएको बताउँदै वडा नम्बर ३१ मा चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गरी कार्यक्रम समेत सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

 
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष चुमनदास चौधरीको सभापतित्वमा भएको धान दिवस तथा रोपाई महोत्सवमा वीरगञ्ज महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख रामदयाल यादव, सरसफाइ शाखाका सर्फुदिन मियाँ, प्रशासन शाखा प्रमुख विकास कुमार मिश्रा, लेखा अधिकृत रूपनारायण राउत, आइटी अफिसर सतिश चौधरी लगायतको उपस्थिति रहेको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखाकी प्रमुख उर्मिला श्रेष्ठले बताउनुभयो ।

 
कृषि पेसाको सम्मान र कृषि व्यवसायको प्रवर्द्धनका लागि राष्ट्रिय कार्यक्रम अन्तर्गत आज धान दिवस मनाइएको श्रेष्ठले बताउनुभयो ।

त्यसै गरी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा १८ औँ राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सवको आयोजना गरिएको छ ।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महुवनमा भव्यरुपमा रोपाई महोत्सवको आयोजना गरिएको थियो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प