कलैया उपमहानगरपालिकाले ल्यायो १ अर्ब ६५ करोड ९६ लाख रुपैयाँको बजेट

बारा । कलैया उपमहानगरपालिकाको ७ औ नगर सभाको एक कार्यक्रमका बीच मेयर राजेशराय यादवले उद्घाटन गर्नुभएको छ  । 

उपमहानगरपालिका उप प्रमुख रहिमा खातुनले आर्थिक बर्ष ०७८/७९ को लागि १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार  रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो  । 

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिचाई, बाटोघाटो मर्मत, निर्माण, बिजुली बत्ती जडान, भौतिक निर्माणका अन्य कार्यहरू, मठमन्दिर, मस्जिद निर्माण, मर्मत लगायतका रचनात्मक कामहरू बजेटमा समेटिएको छ । 

कलैया उपमहानगरपालिकामा बाह्य तथा भित्री पर्यटनलाई लोभ्याउने गरी यहाँका पर्यटकीय स्थलहरूको विकास गरी धार्मिक एव सांस्कृतिक महत्त्व बोकेको मन्दिरहरूको संरक्षण एव संवर्द्धन गर्दै अगाडी बढाउने खालका बजेट समेत ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद वर्णवालले जानकारी दिनुभयो । 

पत्रकार र सञ्चार गृहहरूका लागि भने बजेट नछुट्याएकोमा पत्रकारहरूले गुनासो गरेका थिए । स्थानीय सरकार भएको हुँदा नगरभित्रमा सञ्चालन हुने सञ्चार गृहहरूलाई जीवन्त राख्नका लागि पनि नगरपालिकाको भूमिका महत्त्वपूर्ण हुँदाहुँदै बजेट नराख्नु पत्रकार र सञ्चार गृहहरूको बेवास्ता गरेको पत्रकारहरू दुखेसो रहेको छ ।   

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प