होटल तथा पर्यटन व्यवसायीहरुको मागमा सकारात्मक छु ः महानगर प्रमुख सरावगी

वीरगन्ज, ६ असार । वीरगन्ज महानगर पालिकाका नगर प्रमुख सरावगीले होटल तथा पर्यटन व्यवसायीहरुले राखेको कर छुटको मागमा आफू सकारात्मक रहेको बताउनु भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले कोरोना संक्रमणको महामारीमा लामो समयसम्म लगाएको निषेधाज्ञाले होटल तथा पर्यटन क्षेत्र धरासायी बनेको भन्दै यो निषेधाज्ञा अवधिभर स्थानीय तहले लिने सबै प्रकारको कर छुट गर्नुपर्ने माग गर्दै आईतबार ज्ञापन पत्र बुझाएपछि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले होटल तथा पर्यटन व्यवसायीहरुको पीडा आफूले बुझेको र यसलाई आफ्नो तर्फबाट हुनसक्ने सहयोगको प्रयास गर्ने आश्वासन दिनुभयो । संघका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको होटल तथा पर्यटन व्यवसायी संघले महानगर प्रमुख सरावगीलाई ज्ञापपत्र बुझाउदै वीरगन्ज महानगरक्षेत्र भित्र रहेका सम्पूर्ण आवासीय होटल तथा पार्टी प्यालेसले अर्जेको घरको घर, घर बहाल कर र होटल व्यवसाय को बार्षिक व्यावसायिक कर तथा सरसफाई शुल्क एक आर्थिक बर्षका लागि छुट दिनुपर्ने माग गरेको छ । त्यस्तै वीरगन्ज क्षेत्रमा संचलन गरेका होटल तथा पर्यटन व्यवसायका संचालक तथा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण विरुद्धको खोप यथाशक्य चाडो उपलब्ध गराउन पनि माग गरेको छ । ज्ञापपत्र बुझेपछि व्यावसायीहरुको मागलाई सम्बोधन गर्ने आफ्नो प्रयास रहने आश्वासन दिनुभयो । उहाँले व्यवसाय कर छुट दिन खासै समस्या नभएपनि सरसफाई कर र घर बहाल करहरुमा भने कानूनी जटिलता रहेकोले यस विषयमा कार्यपालिकामा प्रस्ताव पेश गर्ने तथा नगरसभाबाट समस्या समाधानको खोजी गरिने बताउनुभयो । महानगरपालिका व्यावसाय संचालन गर्ने व्यवसायीहरुलाई विस्थापित गर्ने मनसाय महानगरको नरहेको बताउदै उहाँले व्यवासय संरक्षणका लागि स्थानीय तहको सरकारको हैसियतले गर्न सक्ने सहयोगको प्रयास रहने बताउनुभयो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प