वीउसंङ्घ द्वारा स्वास्थ्य उपकरणहरु हस्तान्तरण

वीरगञ्ज, १० आषाढ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नारायणी अस्पताललाई एक समारोहका बीच स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका छन् । 
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै हस्तान्तरण गरिएको हो । हस्तान्तरण गर्दै  सङ्घका अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने आशा प्रकट गर्नुभयो । 
स्वास्थ्य सेवालाई अझ सुदृढ एवम् प्रभावकारी ढङ्गबाट प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सघन चिकित्सा इकाई निर्माण गर्नुका साथै उपकरणहरु हस्तान्तरण गरिएको हो । 
उक्त स्वास्थ्य उपकरणहरु वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई हेल्भेटास नेपाल, इलम परियोजनाबाट सहयोग स्वरुप प्राप्त भएको थियो । 
कार्यक्रममा डा. निरज सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव मनोज दास, मनोज उपाध्याय, हेल्भेटास नेपालका कृष्णलाल कर्ण, वीरगञ्ज नेपालका बिजनेस कन्सल्टेन्सी सुनिलकुमार साह लगायतको उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प