वीरगंज महानगरपालिका वडा नं. ७ पूर्ण खोप वडा घोषित

वीरगंज, ९ असार ।
वीरगंज महानगरपालिका वडा नं. ७ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।
आज वडा खोप समन्वय समिति वीरगंज–७ को आयोजनामा भएको कार्यक्रममा
नगरप्रमुख विजयकुमार सरावगीले वडालाई पूर्ण खोप घोषणा गरेका हुन् ।
कार्यक्रमको उद्घोषक वीरगंज महानगरका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले
वडा नं. ७ लाई पूर्ण खोप वडा घोषणा गरेको जानकारी गराए ।
सो वडामा ४३८ घरधुरी रहेको मा जन्मेदेखि १५ महीनासम्मका १०१
बालबालिकालाई खोप दिइएको वडा सचिव सतीश श्रीवास्तवले जानकारी गराए ।
वडाध्यक्ष वसन्त भखड (अग्रवाल)को अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय
टोलवासीलगायतको सहभागिता थियो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प