मेयर विजय सरावगीद्वारा कल्भर्ट उदघाटन र विद्यालय भवन निरीक्षण
वीरगन्ज, १४ असार ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कलभर्टको उदघाटन गर्नुका साथै निर्माणाधिन विद्यालय भवनको निरीक्षण गर्नुभएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मा निर्माण भएको कलभर्ट नगरस्तरीय बजेट २० लाखको लागतमा वडा नम्बर २९ मा निर्माण सम्पन्न भएकोमा उनले उद्वघाटन गर्नुभएको हो ।
वडा अध्यक्ष धर्मेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका कर्मचारी तथा वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै नगर प्रमुख सरावगीले निर्माणाधिन विद्यालय भवनको पनि निरीक्षण गर्नुभएको छ । वडा नम्बर २९ मा निर्माण भईरहको नेपाल राष्ट्रिय आधारभूत तहको चार कोठे भवनको स्थलगत निरीक्षण गर्नुभएको हो । महानगरपालिकाको बजेट २० लाखको लागतमा निर्माण भईरहेको भवनको निरीक्षण गर्दै गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गर्न र तोकिएको समयमा नै सम्पन्न गर्न निरन्तर निगरानी गर्न निर्देशन पनि दिनुभयो।
Comments
Post a Comment