बारा प्रहरीले बरामद गरेको लाखौ मूल्य बराबरको मालसामान र गाडी भन्सार बुझायो
बारा । बारा प्रहरीले विभिन्न मिति र समयमा बरामद गरेको लाखौं मूल्य बराबरको तस्करीको मालसामान र गाडी भन्सारमा बुझाएको छ ।
बरामद गरेको १४ लाख १० हजार ८ सय १५ रूपैयाँ बराबरको तस्करीको मालसामान सहित गाडीलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाएको हो ।
भारतबाट अवैध रूपमा राजस्व छलेर नेपाल भित्रयाएको विभिन्न किसिमको लत्ताकपडा, खाद्यान्न सामाग्री, जिप १ वटा, मोटरसाइकल २ वटा, एक्स-रे मेसिन १ थान बरामद गरि आवश्यक कारबाहीको लागि भन्सारमा बुझाइएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

Comments
Post a Comment