महिलालाई जबरजस्ती करणी गर्न खोज्ने पर्साबाट एक जना पक्राउ


बीरगन्ज,११असार । श्रीमान् घरमा नभएका बेला एक महिलालाई जबरजस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरी पक्राउ गरेको छ।

महिलालाई जबरजस्ती करणी गर्न खोज्ने पर्साको पटेर्वा सुगौली गाउपालिका–१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारी गत सोमबार राति १२ बजेको समयमा सोही स्थानकी २० वर्षीय युवतीकाे सुत्ने काेठामा झ्यालबाट प्रवेश गरेकाे आराेप लागेकाे छ।

युवतीका श्रीमान् कामको सिलसिलामा घरबाहिर रहेका बेला सुत्ने कोठाको झ्यालबाट प्रवेश गरि जबरजस्तीकरणी गर्न खोजेकाे भन्दै प्रहरीमा जाहेरी परेकाे थियाे।

पीडित महिलाले जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

उनीविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाइएको खनालले बताए।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प