बारामा असार ६ गतेसम्म निषेधाज्ञा

बारा, ३० जेठ– बारामा पनि जारी निषेधाज्ञा पुनः एकपटक थपिएको छ । जारी निषेधाज्ञाको अवधि फेरि थप्दै थप्दै असार ६ गते राति १२ बजेसम्मका लागि बढाइएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाराको गत जेठ २८ गते बसेको बैठक गरेको सिफारिस अनुसार यस्तो निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।
डिसिसिएमसीको निर्णय अनुसार बाराका प्रमुख जिल्ला अधिकारीबाट असार ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश भएको छ । निषेधाज्ञा केही संशोधनसहित जारी भएको छ । निषेधाज्ञाको आदेश अनुसार बजार तथा पसल बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प