जंगली हात्तीको आतंक
महोत्तरी,१३ असार । जंगली हात्तीले महोत्तरीमा ७ वटा घर भत्काएको छ ।
गौशाला नगरपालिका १० महरहा खोला छेउको बडर्वा टोलमा गए राति जंगली हात्तीले स्थानीय केशव बहादु सिजाली, मानबहादुर विश्वकर्मा, मंगल बहादुर विश्वकर्मा, धन बहादुर खड्का, बिना माया बस्नेत, प्रदीप खड्का र रेशम बहादुर खड्काको घर भत्काएको हो ।
यधपि स्थानीयले भागेर ज्यान जोगाउँँदा मानवीय क्षति भने हुनबाट जोगिएको स्थानीय देवलाल महतोले बताए ।
राति १० बजे बस्ती पसेको हात्तीलाई राति नरुै स्थानीयहरूले भगाएका छन् ।
जंगलि हात्तीको आतंक स्थानीयहरू त्रसित भएका छन् ।
Comments
Post a Comment