पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा

वीरगञ्ज ६ असार । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा लम्बयाइएको छ । पर्सा जिल्लामा कोरोना नियन्त्रणमा आएपनि अहिले जोखिम कायमै रहेको हुदाँ बैशाख १६ गते देखिको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १३ गते राति १२ बजेसम्मको लागी लम्बयाइएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा उपयोगी देखिएको र संक्रमण दर पनि घट्दै गएकाले आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले केहि परिमार्जन सहित असार १३ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार समितिले आवश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिडभाड नहुने गरी सरकारी, सार्वजनिक, नीजि कार्यालयहरुले सेवा प्रवाह गर्न र कार्य सञ्चालन गर्न गराउन पाउनेछन् ।

तर भारतमा तेश्रो लहरको हल्ला चलेको र त्यसमा बालबालिकालाई बढी जोखिम हुने भनि तथ्य आउँदा बालबालिकाको स्वाथ्यसँग खेलवाड गर्न नसकिने र अहिले नै विधालय सञ्चालन गर्ने अवस्था नदेखिएको कारण शैक्षिक संस्थमा हालका लागी बन्द राख्ने निर्णय बैठकले गरेको छ ।

लागुहुने निर्णय हरु एस प्रकार का छन् ।

निर्णय नं. १ जिल्ला कोभिड व्यवस्थापन समितिको पूर्ववत् बैठकका निर्णयहरु कार्यान्वयनको समिक्षा गरियो ।

निर्णय नं २ यस जिल्लामा कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड–१९ को संक्रमणको श्रृङ्खला चेन (ऋजबष्ल द्यचभबप गर्न) उपयोगी भएको देखिएको एवं जिल्लामा संक्रमणको दर घट्दो क्रममा रहेको सन्दर्भमा जारी पूर्व आदेशलाई सोही बमोजिम परिमार्जन सहित मिति २०७८–०३–१३ गते राती १२ः०० सम्मका लागि देहाय बमोजिमको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।

देहाय

१. अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भिडभाडजन्य कार्य नगर्ने ।

२. अत्यावश्यक सेवाका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गराई स्थानीय तह अनुसार आलोपालो मिलाई मानिसको भिड भाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालय÷निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने गराउने । सो को उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय÷निकायको प्रमुखले मिलाउने ।

३. सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा

खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।

४. नित्य दैनिक पूजाआजा बाहेक मानिस जम्मा भेला भई धार्मिक स्थलहरुमा धार्मिक एवं साँस्कृतिक क्रियाकलापहरु गर्न पाईने छैन ।

५. मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल,

पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी (दई पाइग्रे बाहेक) तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।

६. कृषि (बिउ बिजन, मलखाध लगायत) तथा पशु पंक्षी सम्बद्ध कार्यहरु गर्न गराउन सकिने ।

७. मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध÷नामाकरण जस्ता सामाजिक कार्यमा बढीमा २ (दुई) वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर लगाई प्रयोग गर्न सकिने छ ।

८. बिकास निर्माणका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न गराउन सकिने छ । आयोजना÷कार्यालय प्रमुखको सिफारिसमा विकास निर्माण कार्यसँग सम्बन्धित कर्मचारी र जनशक्तिले प्रयोग गर्ने सवारी साधनको आवत जावतमा जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्ने । निर्माण सामाग्रीको दुवानी बेलुका ८ः०० बजे देखी विहान ८ः०० बजेसम्म गर्ने ।

९. खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल नियमित रुपमा सञ्चालन गर्ने र सो बाहेक अन्य सबै पसललहरु विहान १०ः०० बजे देखि दिउँसो १ः०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी÷गराई सञ्चालन गर्न पाईने । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाईएमा नियमानुसार कारवाही हुने ।

१० होटेल एवं रेष्टुरेन्ट स्वास्थ्य सुरक्षाका मापदण्डहरुको परिपालना गरी टेक अवे सेवा र होम डेलिभरी गर्ने गरी सञ्चालन गर्न सकिने ।

११.विवाह, ब्रतबन्ध÷नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १५ जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ । होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न÷गराउन नपाइने ।

१२.उद्योग, कलकारखाना सञ्चालन, सार्वजनिक विकास निर्माण एवं निजी निर्माण जस्ता कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी गर्न÷गराउन सकिने ।

१३. बीरगंज (ईनर्वा) नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

१४.यस जिल्लाको बीरगंज (ईनर्वा) सीमा नाकाबाट बिदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पु–याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने ।


Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प