१७ लाखको कम्प्युटर पार्टस बरामद
वीरगंज, १४ असार ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित सडकखण्डबाट गएराति प्रहरीले १७ लाख रुपिया" बराबरको डेल कोर आई ५ सिपियु र सिगेटका हार्डडिस्क ७८ पिस बेवारिसे अवस्थामा बरामद गरेको छ ।
५–७ जनाले भन्सार छलेर कम्प्युटर पार्टसहरू ल्याईरहेको देखेपछि प्रहरीलाई देखेर उनीहरू सामान छोडेर भागेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका कम्प्युटर पार्टसहरू आवश्यक कारावाहीका लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस नोट जारी गरी जनाएको छ ।

Comments
Post a Comment