सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिई रु १५ लाख रुपैयाँ फिरौती माग्ने कार्यालय सहयोगीलाई बारा प्रहरीले पक्राउ

बारा । सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिई रु १५ लाख रुपैयाँ फिरौती माग्ने कार्यालय सहयोगीलाई बारा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गाउँपालिकामा कार्यरत ३२ वर्षीय कार्यालय सहयोगी मुकेश यादव रहेका छन् । उनी सोही गाउँपालिका वडा नं.४ हर्दिया निवासी हुन् । विगत केही समय देखि उनले नेपाली नम्बरको मोबाइल प्रयोग गरी प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलाई धम्की दिई रकम माग्ने गरेका थिए ।  

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला प्रहरी कार्यालयमा नम्बर सहित उजुरी गरेको थिए । पछि प्रहरीले उक्त नेपाली नम्बर बन्द गराएको थियो । नेपाली नम्बर बन्द भए पनि फिरौती माग्ने व्यक्तिले भारतीय नम्बरको प्रयोग गरी फेरी पनि धम्की दिँदै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय बाराबाट गएको प्रहरीको टोलीले फिरौती माग्ने कार्यालय सहयोगी यादवलाई आज  पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

फिरौती रकम माग्ने कार्यालय सहयोगी यादवलाई नियन्त्रणमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउँनुभयो । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प