प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू


वीरगंज, १४ असार । 
राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर  प्रदेश २ का आठवटै जिल्लामा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान सोमवारबाट शुरू भएको छ ।
अभियानको एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरेका छन् । उनले धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा बर र पिपलको रूख रोपेर अभियानको शुभारम्भ गरे ।
उक्त अभियानअन्तर्गत सात दिनसम्म प्रदेशका सबै जिल्लामा वृक्षारोपण गरिनेछ । आठवटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ वटा विरूवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प