स्वास्थ्य संस्थालाई चाँडै नै बेड उपलब्ध गराईने : मेयर उपेन्द्र यादव
बारा, ०४ असार । बाराको महागढीमाई नगरपालिका अन्तर्गतका ११ स्वास्थ्य संस्थालाई विरामी उपचारका लागी चाँडै नै बेड उपलब्ध गराईने मेयर उपेन्द्र यादवले बताउनुभयो ।
नगरपालिकाकाको आयोजनामा आज भएको पुर्ण खोप कार्यक्रम बारे एक दिने तालिमको समापन कार्यक्रममा मेयर यादवले १४ स्वास्थ चौकिका प्रमुखहरुलाई पुर्ण खोप सुनिश्चितता प्रमाणिकरण प्रमाणपत्र वितरण गर्दै बेड उपलब्ध गराउने कुरा बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश रिमालले बार्यक्रममा बल्दै स्वास्थकार्मिहरुलाई हौसला पुर्बककाम गर्न सुझाव दिनुभयो ।
उक्त तालिममा नगर भित्रका १४ स्वास्थ संस्थाका प्रमुख र महागढिमाई नगरपालिकाका स्वास्थ संयोजक लगायतको सहभागीता थियो ।
कार्यक्रममा बरियारपुर स्वास्थ चौकीका सुवाष कुमार, पत्रहटि स्वास्थ चौकिका सुनिल यादव, स्वास्थ शाखा संयोजक विजय कुशवाहा, सह–संयोजक विजय सिंह, मनोज चौरसिया लगायतको उपस्थिति थियो ।

Comments
Post a Comment