गाँजासहित एक जना पक्राउ


बारा,१४ असार । बारा प्रहरीले अवैध लागू औषध गाँजा सहित पर्साका एक युवकलाई पक्राउ गरेको छ ।
पर्साको पकहा मैनपुर गाँउपालिका वडा नम्बर १ निवासी राजमहम्मद मियाँँ हजामलाई बारा प्रहरीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा १५ किलो अवैध लागू औषध गाँजा सहित राजमहम्मदलाई इलाका प्रहरी कार्यालय जितपुरको टोलीले पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले बताए ।
पथलैयाबाट वीरगंज तर्पm साईकलले जाँदै गरेको अवस्थामा शंका लागि जितपुर–पथलैया सडक खण्डको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित चेकजाँच गर्दा पिठयुमा बोकेको १ पोका र साईकलको कैरियरमा राखेको १ पोका गरि १५ किलो अवैध लागू औषध गाँजा बरामद गरिएको प्रवक्ता मिश्रले बताए ।
उनलाई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प