चट्याङ लागेर एक जनाको मृत्यु

रौतहट,१२ असार । रौतहटमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

The post चट्याङ लागेर एक जनाको मृत्यु appeared first on Nepal Post Daily.
1 hour ago| 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प