बारामा युवकको शव भेटियो

३ असार, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा शङ्कास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । शव विश्रामपुर- २ बस्ने अन्दाजी २६ वर्षीय भादो बैठाको रहेको प्रहरीले जनाएको छ ।

बरैनिया बजार जाने बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका डीएसपी मिश्रले युवकको हत्या भएको जस्तो देखिएको बताए । 'मृतकको शरीरमा निलडाम देखिएको छ, हत्या भएको हो कि भन्ने आशङ्का छ,' उनले भने, 'शव पोष्टमार्टमका लागि अस्पताल पठाउँछौं, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्छ ।'

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प