टिप्परले किचेर सहचालको मृत्यु


जनकपुरधाम,१३ असार । धनुषामा टिपरले किचेर सहचालकको मृत्यु भएको छ । शनिवार राति सबैला नगरपालिका– १० लवटोलीमा टिप्परले किचेर सहचालकको मृत्यु भएको हो ।
उदयपुरको कटारी नगरपालिका २ बस्ने २८ वर्षीय बिष्णु भनिने बुद्ध लामाको शव आफैले चलाउने स १ ख ९०९ नम्बरको टिप्परले किचिएको अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
मृतकको टाउकोमा टिप्परले किचेको छ । परिवारले चालक बुद्धको हत्या भएको दावी गरेको छ । टिप्पर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको हत्या भएको मृतकका दाई हरि लामाले बताए ।
घटनाको सत्यतथ्य बाहिर नआएसम्म शव उठाउन नदिने परिवारजनले अडान लिएका छन् ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प