चट्याङ्ग लाग्दा ३ जनाको मृत्यु , १ जना घाइतेT

बीरगन्ज,१५ असार ।  आज बिहान चट्याङ्ग लाग्दा पर्सामा ३ जनाको मृत्यु र १ जना घाइते भएका छन् ।

पर्साको पटेर्वासुगौली गाउँपालिका को वडा नम्बर,४ पथरैयातिर भैंसी चराउन गएको बेला चट्याङ्गमा परी पर्साको सखुवाप्रसौनी गाउँपालिका ,४ देवरबाना बस्ने बर्स ५५ को रघुबिर यादवको चट्याङा लाग्दा मृत्यु भएको परिवारजनले जानकारी दिएका छन।

त्यस्तै आज परिरहेको अबिरल वर्षा सङ्गै परेको चट्याङ्गमा परी पटेर्वासुगौली गाँउपालिका को वडा नम्बर,१ गदियानी बस्ने बर्स २७ को रोसलान गदीको मृत्यु भएको हो। साथै वडा नम्बर,१ कै राजबली गदी चट्याङ्गमा परी गम्भीर घाइते भएका हुन।

घाइतेको उपचारको लागि नारायणी उपक्षेत्रीेय अस्पताल बिरगन्ज पठाएको ईलाका प्रहरी कार्यालयलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले बताए।

त्यसतै आजैपरेको चट्याङ लाग्दा जीराभवानी गाँउपािलका वडा नम्बर,३ जितपुर बस्ने बर्ष ५० कि असतुरनी देवी थरुनीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय शेढवाका प्रहरी निरिक्षक राजुबाबु यादवले बताए।

३ जना मृतकहरुको घटना स्थलको मुचुलका गरि लासको अनुशन्धानबारे प्रकृया हुने ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले बताए ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प