चौथो वेभ आएको दक्षिण कोरियामा २४ घन्टामा अहिलेसम्मकै बढी सङ्क्रमित
सोल ६ साउन -रासस/सिन्हवा) ः

कोरोना भाइरस कोभिड १९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।यहाँका अधिकारीहरूले मंगलवार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरू बढिरहेको बताएका समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरू पाइएको बताइएको छ ।
यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७८४ जना कोभिडका संक्रमितहरू भेटिएका हुन् ।दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।
यहाँका अधिकारीहरूले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रूपमा संक्रमितहरू बढ्दै गएको पनि बताएका हुन् । उनीहरूका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरू अपनाउने काममा कडाई गरेको छ ।
योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरूको संख्या बढ्दो देखिएको हो । अधिकारीहरूले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरू कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।
यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुर्ई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरूले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।मंगलवार देखिएका यी संक्रमतिहरूमा आधाभन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।
कोरिया सरकारले यहाँ कोरोना विरूद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।
भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित
नयाँदिल्ली/सिन्हवा
भारतमा कोरोनाभाइरसबाट नयाँ ४२ हजार १५ जना सङ्क्रमित भएका सङघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार जानकारी दिएको छ । भारतमा हाल कुल सङ्क्रमितको संख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको संख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना सङ्क्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना सङ्क्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार ९९८ भएको मन्त्रालयले बुधवार जानकारी दिएको छ ।
कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार ४८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् ।
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरूद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४५५ ओटा कोरोना भाइरसविरूद्धको खोप प्रयोग भएको छ ।
Comments
Post a Comment