क्रियाशील सदस्यताको विषयमा आज टुंगो लाग्ने
वीरगंज, १४ साउन ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण आउदो १४ औं महाधिवेशन प्रभावित भएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठकमा केन्द्रीय महाधिवेशन निर्धारित समयमा गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सकिनेबारे छलफल भएको थियो ।
छलफमा संशोधित कार्यतालीका अनुसार नगर, गाउँ, वडा अधिवेशन साउन १२ गते र साउन १६ गते र प्रदेश सभा, क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गतेको लागि निर्धारण गरिएको थियो ।
७ चरणमा अधिवेशन सम्पन्न गर्ने कार्यतालीका रहे तापनि बारा जिल्ला नेपाली कांग्रेसका जनप्रतिनिधि र सक्रिय कार्यकर्ताहरुको विरोधका कारणले उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । यस विषयमा थप जानकारीको लागि हामीले धर्नामा बस्नुभएका महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवसंग जानकारी माग्यौं । उनका अनुसार आज दिउँसो कृष्णप्रसाद सिटौलाको पहलमा र बारा, सप्तरी जिल्लाका अगुवाहरुको बैठक बसी छलफल गर्ने गरी समस्या टुंगो हुने आशा व्यक्त गर्नुभएको छ ।

Comments
Post a Comment