एक किलो सुनसहित एक जना पक्राउ

१२ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका गोरखाका पदम परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमनतर्फको भन्सार चेकचाँच गर्ने क्रममा एक्सरे गर्दा उनले ल्याएको कफी मेकरमाथि शंका लागेर खोलेर हेर्दा फलामबाट बनेको वस्तुभित्र अवैध रुपमा ल्याएको ११ सय ६५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका परियारलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प