पोखरीमा डुबेर एकजनाको मृत्यु

६ साउन, जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका डा नम्बर ४ हरैया निवासी ३० वर्षीय भुरकुर माझीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति गाउँकै सरकारी पोखरीमा डुबेर वेपत्ता भएका मुखियाको शव बुधबार बिहान फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

वेपत्ता भएका उनलाई खोज्न पोखरीमा जाल नै हाल्नुपरेको बुढाथोकीको भनाइ छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प