हात्तीको आक्रमणबाट घाइते सर्लाहीकी महिलाको मृत्यु

बीरगन्ज, १२ साउन- हात्तीको आक्रमणबाट घाइते सर्लाहीकी महिलाको बीरगन्जमा उपचारको क्रममा मृत्यु भएको छ ।
सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं.४ की ६२ वर्षिया तेतरी खातुनको बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाउँकै आभाष रायको घरमा विवाह रहेको र विवाह हेर्न जाने क्रममा बाटोमा जंगली हात्तीले अचानक खातुनलाई आक्रामण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई थप उपचारको लागि नेशनल मेडिकल अस्पतालमा लैजाने क्रममा बाटोमा नैं उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै, सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायाव उपरिक्षक माधव प्रसाद बुढाथोकीका अनुसार सर्लाहीमा थप एक जना हात्तीको आक्राणमा परी घाइते भएका छन् । बाग्मती नगरपालिका वडा नं.४ स्थित रेल्वे नजिकै हात्तीले आक्रमण गर्दा ३५ वर्षिय पुरूष घाइते भएका छन् ।

उनको सनाखत हुन बाँकी रहेको र उनको हरिवनमा प्रारम्भिक उपचार गरी बीरगन्जको नारायणी अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प