पुर्वमन्त्रीले सयौ लिटर दूध अर्पण गरे
वीरगंज, ११ साउन ।
हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा पुर्वमन्त्री उमाशंकर अरगरियाले सयौ लिटर दुध अर्पण गरिएको छ ।
दुध अर्पण गरेको विषयलाई अन्धविश्वाससँग जोडेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दुहरूको भावनामा चोट पुर्याउनेगरी टिप्पणी गरेका बेला हिन्दुवादी युवाहरूले साउनको पहिलो सोमवारको अवसर पारेर जेठ ११ गते पशुपतिको पूर्व ढोकास्थित बागमती नदीमा दुध अर्पण (चढाएको) गरेका हुन् ।
नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरको संयोजनमा निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देबेश झा लगायत हिन्दुवादी युवा तथा महिलाहरू पशुपति मन्दिर पुगेका थिए ।
बागमतीमा दुध अर्पण गर्ने कार्यक्रममा पूर्वमन्त्री अरगरिया, फाउण्डेशनका अध्यक्ष ठाकुरले हिन्दु विरोधी गतिविधिमा संलग्न पूर्वप्रधानमन्त्री भट्टराईको आलोचना गरेका थिए । उनीहरूले पश्चिममाको फण्डमा नेपालमा धर्म विरोधी गतिविधि नगर्न भट्टराईसहित क्रिश्चियन एजेन्टलाई चेतावनी समेत दिए ।
'तिथि अनुसार आज श्रावण महिनाको पहिलो सोमवार बाबा पशुपतिनाथलाई स्मरण गर्दै सनातन बिधिले पुजा पाठ गर्दै बागमती नदीमा दुध अर्पण गरेका छौ,' ठाकुरले भने, 'हाम्रो सनातन धर्म विरोधी गतिविधि नगर्न भारतमा पढेका डा भट्टराईलाई चेतावनी दिन चाहन्छौं । सनातन धर्ममाथिको आक्रमण हामी सैह्य छैन । जस्तोसुकै जवाफ दिन पनि पछि पर्ने छैनौं ।'
पूर्वप्रधानमन्त्री भट्टराईले बेला बेला हिन्दुमाथि प्रहार हुने गतिविधि गर्दै र लेख्दै आएका छन् । जबरजस्ती दबाब र प्रभावमा बढ्दो क्रिश्चियानिटी र धर्म परिवर्तनमा भने उनी मौन बस्ने गरेका छन् । हालैमात्र भट्टराईले मुसलमानको बहर इदका दिन हिन्दुको आस्थामाथि ठाडै प्रहार गरेका थिए । धर्मगुरू एवं राजनीतिक योगी आदित्यनाथको गंगामा दुध अर्पण गर्दै गरेको तस्विर ट्वीटरमा शेयर गरेर बाबुरामले अन्धविश्वासले दुध बगाउँने र गहुँत खान बाध्य पारेको भन्दै हिन्दुको आस्थामाथि नै चोट पुर्याउने काम गरेका थिए । त्यसविरूद्ध देशभर विरोध भइरहेको छ । भारतका नेता विजय चौथाईवाले, राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाइसकेका छन् । विभिन्न जिल्लामा बाबुरामविरूद्ध प्रदर्शन नै भएको छ ।
पछिल्लो समय बाबुराम गर्भवती पेटको बहसमा पनि विवादमा परेका छन् । उनकै कारण उनकी छोरी मानुषीले गर्भवती भई बच्चा समेत जन्माएको महिनौ भइसकेपछि गर्भावस्थाको पेटको तस्विर सार्वजनिक गरेर आलोचित बनेकी छन् । यस्ता हर्कतविरूद्ध आवाज बढ्दो छ ।
Comments
Post a Comment