वीउवासङ्घद्वारा थप तीन समिति विस्तार

वीरगञ्ज, श्रावण १५

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समितिहरु विस्तार गरेका छन् । विस्तारित समितिमा आई.सि.पी.÷आई.सि.डी. समन्वय समिति, भवन निर्माण तथा वहाल व्यवस्थापन समिति र स्थानीय कर समिति रहेका छन् ।


आई.सि.पी.÷आई.सि.डी. समन्वय समितिको संयोजकमा सुशान्त चाचान, भवन निर्माण तथा बहाल व्यवस्थापन समितिका संयोजक दीपककुमार टिवडेवाल तथा स्थानीय कर समितिको संयोजकमा सुरेशकुमार रुँगटा मनोनयन भएका छन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले यहाँहरुले समितिहरुको काम कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताउनुभयो । साथै विस्तार समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताउनु भयो ।

समितिका संयोजकहरुले आफूहरु माथि विश्वास गरी समितिको संयोजक मनोनयन गर्नुभएकोमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही आफूहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने आश्वासन दिनुभयो ।

कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, सचिव अरविन्द्र अमात्यको उपस्थिति रहेको थियो ।

 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प