हात्तीको दाह्रा सहित ३ जना पक्राउ
बारा, १२ साउन- बाराको अमलेखगन्जबाट हात्तीको दाह्रा सहित ३ जना पक्राउ परेका छन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्ज बजारबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा सहित निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत ३ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Comments
Post a Comment