पेट्रोलियम पाइपलाइनको मर्मत शुरु

वीरगंज, १५ साउन । 
नेपाल भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन पहिलोपटक मर्मत थालिएको छ । अमलेखगञ्ज डिपोबाट झण्डै २० किलोमिटर पर पर्साको परवानीपुरमा रहेको भल्बमा रबरका टुक्रा जमेको पाइएपछि मर्मत शुरू गरिएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलियमको आपूर्ति फ्लो कम भएपछि गरिएको एक्सरेमा भल्बमा रबर जमेको देखिएको निगमका प्रवक्ता बिनित मणि उपाध्यायले जानकारी दिए । उपाध्यायकाअनुसार पाइपलाइन निर्माणको क्रममा रबरको टुक्रा खसेको अनुमान गरिएको छ ।
समस्या देखिएको भल्बबाट ६ सय मिटर वर परबाट बाइपास गरेर तेल आपूर्ति सहज बनाएर बुधवारदेखि पाइपलाइन मर्मत थालिएको उपाध्यायले बताए । फोहोर जमेको भल्बबाट ६ सय मिटर वर र परबाट अर्काे पाइप जोडेर आपूर्ति सुचारू गर्दै मुख्य पाइप मर्मत भइरहेको उनले बताए ।
२०७६ भदौ २४ गते देखि सञ्चालनमा आएको पाइपलाइनमा यसअघि कहिल्यै समस्या नदेखिएको निगमले जनाएको छ । 'हामी सिक्दै छौं, पहिलो पटक दुर्ई वर्ष पुग्नै लाग्दा पाइपलाइनमा समस्या देखियो,' प्रवक्ता उपाध्ययाले भने ।  पाइपलाइन मर्मत गर्न तीन साता लाग्ने पनि उनले बताए ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प