दुर्घटनामा एकको मृत्यु, पाच घाइते
धनुषा, १५ साउन÷रासस
धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हु"दा एक जनाको मृत्यु भएको छ ।
पा"च जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भ·हा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइते पा"च जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरूको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ । आज बिहान ५ः०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनिया" गाउ""पालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment