स्व. बिन्दु पाण्डे स्मृति पुरस्कारबाट अनिता कुवर सम्मानित


वीरगंज, ८ साउन ।
स्व. विन्दु पाण्डे स्मृति पुरस्कारबाट रेडियोकर्मी अनिता कुवँर  सम्मानित भएकी छन् । 
प्रतिष्ठानले होटल कुमुमा आयोजना गरेको सम्मान कार्यक्रममा कुँवरलाई रु १५ हजारको राशिसहित सम्मानित गरिएको थियो । 
स्व. विन्दु देवी पाण्डेको पाँचौ पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का उर्जा तथा सिंचाई विकास मन्त्री ओमप्रकाश शर्माले पत्रकार कुवँरलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरेका थिए ।
नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व। पाण्डेको स्मृतिमा ५ वर्ष अगाडी स्थापीत प्रतिष्ठानले प्रत्येक वर्ष असार ५ गते पाण्डेको पुण्य तिथीको अवसरमा पुरस्कार वितरण गर्दै आएपनि यस वर्ष कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरू नगर्ने स्थानीय प्रशासनको आदेशका कारण पुरस्कार वितरणमा ढिलाई भएको प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीले बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामीछाने, प्रदेश २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारी, वरिष्ठ भोजपुरी साहित्यकार उमाशंकर द्विवेदी, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, रेडक्रसका मधु राणा, सरोज खड्का, प्रेम सर्राफलगायतले सम्मानित महिला पत्रकार कुवँरलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 
सो अवसरमा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम सर्राफले थप रु ५ हजार राशिबाट पत्रकार कुंवरलाई सम्मानित गरेका थिए । 
विगत डेढ दशकभन्दा लामो समयदेखि रेडियो वीरगञ्जमा कार्यरत महिला पत्रकार कुँवरलाई पुरस्कार प्रदान गरिएको हो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प