माईस्थान विद्यापीठका छात्राहरुलाई साइकल वितरण
वीरगंज, ७ साउन ।
मुख्यमन्त्री बेटी पढाऔं बेटी बचाऔं अभियान अन्तर्गत आज वीरगंज महानगरपालिका वडा नं. ७ स्थित माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा कक्ष्Fा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
मुख्यमन्त्री लालबाबू राउतले छात्राहरुलाई साइकल वितरण गर्दै छोरी शिक्षित भए समाज शिक्षित हुने बताए । उनले छोरीलाई शिक्ष्Fामा सहयोग गर्न प्रदेश सरकारले कटिबद्ध रहेको बताए ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बसन्त अग्रवाल, प्रधानाध्यपाक मुर्तुजा अन्सारी, कृष्टिना यादवलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा रामनरेश यादव, विद्यालय तदर्थ समितिका पदाधिकारी, विद्यालयका शिक्ष्Fक, विद्यार्थीहरुलगायतको उपस्थिति रहेको
वडाका सचिव सतिश श्रीवास्तवले जानकारी गराए ।


Comments
Post a Comment