साढे १० लाखसहित दुईजना पक्राउ


वीरगंज, १३ भदौ । 
हुन्डी कारोबार गरेको आरोपमा  पर्सा प्रहरीले दुईजनालाई साढे १० लाखसहित पक्राउ गरेको छ । 
शनिवार साँझ ६ बजे इलाका प्रहरी कार्यालय जानकीटोलाले जगरनाथपुर गाउँपालिका–२ स्थित सडकमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नभएको मोटरसाइकलमा सवार भारत, बिहार पश्चिम चम्पारण इनर्वा निवासी ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका–२ गुलरिया निवासी ५० वर्षीय रामपुकार पटेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
उनीहरुको साथबाट श्रोत नखुलेको नेरु दश लाख त्रिसठ्ठी हजार  र भारु १ हजार ६ सय बरामद भएको प्रहरीले जनाएको छ । 
पक्राउ परेका दुवैजनालाई  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प