झाँकी तथा प्रवचन कार्यक्रम सम्पन्न
वीरगञ्ज १५ भदौ
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगञ्ज छपकैयाको आयोजनामा श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सत्ययुगी दुनियाको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले दिप प्रज्जवलित गर्दै यस संस्थाको लागि आफू सधैं आभारी रहने बताउनु भएको छ । उहाँले यस राजयोग सेवा केन्द्र आफूलाई प्रमुख अतिथिको स्थान दिएकोमा एउटा ऋणको रुपमा लिएको र आउने दिनमा आफूद्वारा चुक्ता गर्ने प्रयास गरिने बताउनु भयो । अध्यक्ष गुप्ताले यस्तो ठाउँमा आउनका लागि ईश्वरको इच्छा भएर पनि आउन सकिँदैन र यहाँ जति पनि बसेका स्नेही आत्माहरु उहाँमाथि श्री कृष्ण र माता राधिकाको विशेष कृपा रहेको आफूलाई लागेको बताउनुभयो । उहाँले जबसम्म हामीहरु अरुसँग फरक नभए सम्म ईश्वरसँग मागेर पनि सबै कुरा नपाउने बताउनु भयो । साथै उहाँले यस्तो झाँकीबाट समाजमा एउटा राम्रो सन्देश जाने बताउनु भयो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी सञ्चालिका रविणा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा निजगढ नगरपालिका मेयर सुरेश खनाल, डा. अजय यादव, मुख्य प्रशिक्षक राजु घले भाई, ब्रह्मकुमार ताजु भाई, मणि भाई, बेली बहन, गोबद्र्धन भाई, सञ्चारकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Comments
Post a Comment