अमेरिकन पेस्तोल सहित दुई जना पक्राउ

बारा । बाराको सिम्रौनगढबाट प्रहरीले अमेरिकन पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिम्रौनगढ नपा४ गंगानगर बस्ने बर्ष ३५ को राजेश प्रसाद यादब र ऐ।ऐ।बस्ने हिरा महतोको छोरा बर्ष २० को जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् ।

गोप्य सूचनाको आधारमा मंगलबार दिउँसो ४ बजेको समयमा २ नं प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं।६ स्थित बिधायक होटेलमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथमा लुकाई छिपाई राखेको अवस्थामा मेड ईन अमेरिकाको नं ७७७७० लेखिएको म्याग्जिन सहित पेस्तोल थान(१ र एक्स्ट्रा म्याग्जिन थान १ थान फेला पारेको हो । उनीहरुलाइ पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले प्रेस विज्ञप्ती मार्फत जनाएका छन ।

त्यसैगरी प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्राएको रू १६,०६,७५३ बराबरको औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल समेत फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले प्रेस विज्ञप्ती मार्फत जनाएका छन ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प