मनसुन कमजोर हुँदै

काठमाडौँ, १४ भदौ (रासस) ः

विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हँुदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । 

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुर्ई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस छ । 
–––

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प