प्रदेश –२ मा माधव समूहलाई सरकारमा ल्याउने तयारी

जनकपुरधाम,१३ भदाै । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले सत्ता समीकरण मिलाउने कसरत गरिरहेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सामेल गराउने तयारी गरिएको हो ।

उनले यसअघि पनि माधव समूहलाई सरकारमा ल्याउने प्रयास गरेका थिए । तर, विभिन्न कारणले सम्भव भएको थिएन ।

प्रदेश–२ मा अहिले जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकार छ । कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले यसअघि ६ मन्त्रालय फुटाएर १० वटा बनाएका थिए । यहाँ जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् ।

दुई मन्त्रालय मुख्यमन्त्री राउतले आफ्नै मातहतमा राखेका छन् । मुख्यमन्त्री राउत मातहत रहेका वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय एकीकृत समाजवादीलाई दिने तयारी रहेको बुझिएको छ ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प