घरायसी विवादमा श्रीमतीद्वारा श्रीमान्को हत्या


दाङ, १३ भदौ (रासस) :

घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिनुभयो ।

आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
–––

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प