ट्याकरको ठक्करबाट एकको मृत्यु
बीरगन्ज,१५ भदौ – एलपिजी ग्याँस बोकेको ट्याकरको ठक्करबाट बीरगन्जमा एक जना साइलक यात्रीको मृत्यु भएको छ ।
बीरगन्ज महानगरपालिका वडा नं. २५ को ड्राइपोर्ट बहुअरी चौकमा एलपिजी ग्याँस बोकेको ट्याकरले साइकलमा सवार पर्साको बहुरमाई नगरपालिका वडा नं. २ निवासी छोटेलाल साहको अन्दाजी ३० बर्षिय छोरा लालबाबु साह तेलीलाई ठक्कर दिदां उनको घटना स्थलमै मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
बहुदरमाईबाट बीरगन्ज आउँने क्रममा ड्राइपोर्ट बहुअरी चौकमा ट्याकरले पछाडीबाट साहलाई ठक्कर दिएको स्थानिय प्रत्यदर्शीहरुको भनाई छ । ठक्कर दिने एनएल ०१ एबी ४३७३ नम्बरको एलपीजी ग्याँसको बोकेको ट्याकर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments
Post a Comment