करेन्ट लागेर एक जनाको मृत्यु


वीरगंज,१६ भदौ । बारामा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिकाको ४ गङानगरमा मंगलवार साँझ ६ बजे करेन्ट लागेर स्थानीय ४८ वर्षीय तेजालाल प्रसाद यादवको मृत्यु भएको हो ।
आफ्नै धान खेतमा काम गरिरहेको बेला सिंचाइ गर्ने पानीमोटरको तार पानीमा लत्रिएर करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शवलाई इलाका प्रहरी कार्यलय सिम्रौनगढले घटनास्थलको मुचुल्का गरी पोष्टमार्टमको लागि कलैया अस्पताल पठाएको छ । घटना विषयमा थप अनुसन्धान इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दपिक सुवेदीले बताए ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प