नारायणी अस्पताल अक्सीजन प्लान्टको उद्घाटन


वीगन्ज, १६ भदौ । 
पर्सा क्षेत्र नम्बर २ का सांसद विमल प्रसाद श्रीवास्तव र वीरगंज महानगरपालिकाको नगर प्रमुख बिजयकुमार सरावगीले संयुक्त रूपमा वीरगंजको नारायाणी अस्पतालको अक्सिजन उत्पादन प्लान्टको उदघाटन गरेका छन् । 
सांसद श्रीवास्तवको 'स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम' अन्तर्गतको संसदीय विकास कोषबाट १५० करोड र वीरगंज महानगरपालिकाको ५० लाखको लागतमा अक्सिजन उत्पादन प्लाण्ट निर्माण सम्पन्न भएको हो । 
पहिलो लहर र दोश्रो लहरको कोरोना संक्रमणबाट उच्च जोखिममा परेको वीरगंजमा संभावित तेश्रो लहरको जोखिमलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गरिएको हो । वीरगंज महानगरपालिकाका नगर प्रमुख सरावगीको पिता समेत रहनु भएका उद्योगी एवं समाजसेवी स्वर्गीय चिरन्जीवीलाल सरावगीको स्मृतिमा उक्त अक्सिजन प्लाण्ट स्थापना गरिएको छ । अक्सिजन प्लान्ट स्थापनाको उदघाटन भएपछि अब नारायणी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ ।
कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले पर्सेली नागरिक तथा अन्य विभिन्न स्थानबाट आउने नागरिकहरूको ज्यान जोगाउँनकै लागि आपूmले नारायणी अस्पतालमा बजेट छुट्याएको बताउनुभयो । 
महानगर प्रमुख सरावगीले कोभिड–१९ को दोस्रो माहामारीमा वीरगंज लगायत पुरै देशमा नै प्राण वायु अक्सिजनको अभावले नै धेरै जनाले अल्पायुमै ज्यान गुमाएको र आउने दिनहरूमा कुनैपनि नागरिकले अक्सिजनकै अभावमा ज्यान गुमाउन नपरोस भनेर नारायणी अस्पतालमा स्वचालित अक्सिजन पलान्टको स्थापना गरिएको सरावगीले बताउनुभयो । 
नारायणी अस्पतालमा पर्सा जिल्लाको मात्र नभइ बारा, रौतहट, सर्लाही, महोत्तरीसम्मको बिरामीहरूको चांप हुने गरेको भएपनि अब नारायणी अस्पताललाई चाहिने अक्सिजन यो प्लाण्टबाट आपुर्र्ति गर्न सकिने उहाँले बताउनुभयो । वीरगंजमा अहिलेसम्म सरकारी स्तरबाट कुनैपनि पुर्वाधार नबनाएको गुनासो गर्ने र निजीक्षेत्रबाट निर्माण गरिएको पुर्वाधारहरू संरक्षण गर्न सकिएन भने कुनै उपादयता हुदैन । व्यावस्थापनमा अस्पताल प्रशासनले लाग्नुपर्ने सरावगीको जोड थियो । उहाँले आफुले १४ वटै स्थानीय पालिकाहरूलाई नारारयाणी अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न एउटा स्थानीय पालिकाहरू मिलेर कोष स्थापनाका लागि पस्ताव गरिएको र वीरगंज महानगरपालिकाले कोषमा ४० लाख बजेट समेत छुट्याईएको जानकारी दिदै अन्य पालिकाहरूबाट चासो नदेखाएको बताउनुभयो । 
मानवीय कुराहरूमा जबसम्म जनप्रतिनिधिले साथ र सहयोग दिदैन तबसम्म जनतालाई न्याय नहुने बताउदै उनले जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, अस्पतालका मेसु डाक्टर विरेन्द बहादुर प्रधान लगायत अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

पर्सामा घाँटी रेटिएको अवस्थामा महिलाको शव घरबाट भेटियो

मधेश प्रदेशसका अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प