‘साइन्स इन फाइभ’ अब नेपालीमा
काठमाडौँ– विश्व स्वास्थ्य संगठनद्वारा उत्पादित ‘साइन्स इन फाइभ’ अडियो तथा भिडियो श्रृङ्खला अब नेपाली भाषामा पाँचमा विज्ञान पोडकास्टमार्फत सुन्न सकिने भएको छ।
विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोभिड १९ सम्बन्धी विषयमाथि सरल भाषामा छलफल गर्ने यस श्रृङ्खलालाई विश्व स्वास्थ्य संगठन नेपालले नेपाली भाषामा अनुवाद गरेको हो।
कोभिड १९ सम्बन्धी भ्रम र गलत समाचारहरु फैलिरहेको अवस्थामा इन्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गरी यो पोडकास्टको प्रशारण सुरु गरिएको हो। यो पोडकास्टले नेपाली जनमानसमा व्याप्त भ्रमलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न मद्धत पुग्ने अपेक्षा गरिएको छ।
पोडकास्टका नयाँ अंकहरु प्रत्येक शुक्रबार साउण्डक्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रशारण गरिने संगठनको नेपालस्थित कार्यालयले जनाएको छ। यही असोज १५ गतेदेखि प्रशारण गरिने पोडकास्टको पहिलो अंकमा विश्व स्वास्थ्य संगठनकी मातृ तथा नवजात शिशु स्वास्थ्यविज्ञ डा ओज्गे टुनचाल्पले कोभिड १९ महामारीको समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाहरुले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछिन्।
नेपाली समुदायमाझ पनि कोभिड १९ सम्बन्धी महत्वपूर्ण जानकारीहरुको पहुँच पु¥याउने उदेश्यले विश्व स्वास्थ्य संगठन नेपालले यस श्रृङ्खलालाई नेपाली र मैथिली भाषामाअनुवाद गरी युट्युब च्यानलमार्फत पनि प्रशारण गर्दै आएको छ।
from देशसञ्चार https://ift.tt/3up7oJ7
https://ift.tt/eA8V8J

Comments
Post a Comment